रुपन्देही १ को भलवारीमा राष्ट्रिय जनमुक्ति पाटीको निर्वाचन प्रचार प्रसार कार्यालय
प्रकाश पाण्डे । माघ २९ गते । राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देही क्षेत्र न १ का लागी तिलोत्तमा ७ भलवारीमा निर्वाचन प्रचार प्रसार कार्यालय उद्धघाटन गरेको छ । आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गरेर स्थापना गरिएको उक्त कार्यालयको पार्टीका केन्द्रीय उपाध्यक्ष हाजी डा मोहम्मद हसनले बिहिबार उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै हसनले बहुजातिय लोकतान्त्रिक समाजबादलाई अंगालेर चुनावी अभियानमा होमिएको र यो अभियानलाई सार्थकता दिन झमबहादुर गुरुगँको जीत अनिवार्य रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र न १ का लागी राष्ट्रिय जनमुक्ति पार्टीका प्रत्यक्ष तर्फका उम्मेद्धवार झमबहादुर गुरुगँले आफ्नो जीत रुपन्देही क्षेत्र न १ को जीत हुने बताउनुभयो । वहाँले सम्पुर्ण सचेत नेपालीलाई सु सभ्य नेपालको निर्माण गर्न आफ्नो मतको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । सुर बहादुर थापाको अध्यक्षता रहेको पार्टी कार्यालय उद्घाटनमा केन्दिय सदस्य तथा रुपन्देही क्षेत्र न ३ का उम्मेद्धवार मोजीव अली मुसल, केन्द्रिय अनुसन्धान विभाग सदस्य, अशोक पुन, केन्द्रिय मगर हागँ अध्यक्ष छत्र बहादुर दर्लामी, लुम्बिनी प्रदेश सदस्य चित्र प्रसाद गुरुगँ, लिलमाया राना, दिलमाया गुरुगँ, टेक बहादुर गुरुगँ, प्रेम बहादुर थापा, खेम सुनारी, गिरी प्रसाद राना, नरजंग गुरुगँ, आश बहादुर गुरुगँ लगायतको सहभागिता रहेको थियो ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी झमबहादुर गुरुगँ उम्मेदवारका रूपमा चुनावी मैदानमा रहेका छन् । प्रचार कार्यालय उद्घाटनसँगै पार्टीले निर्वाचन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ । यसपटकको निर्वाचनमा सङ्घीयता, शासकीय स्वरुप, औद्योगिक विकास तथा रोजगार, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य लगायतका विषयलाई जनमुक्तिले प्राथमिकता साथ उठान गरेको छ ।
तपाईको प्रतिक्रिया