00:00:00
शिक्षा

ज्ञानगंगा पाठशालाको १४ औँ वार्षिक उत्सव समारोह

प्रयोगात्मक तथा समय सापेक्ष शिक्षा प्रदान गर्न बक्ताहरुको जोड
शुक्रबार फाल्गुण ८, २०८२/ Friday 02-20-26

तिलोत्तमा ।  फागुन ८ गते । ज्ञानगङ्गा पाठशाला तिलोत्तमा ४ शितलकुन्जको १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस बिहिबार सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष ऋषिराम.पाण्डेको अध्यक्षता तथा वडा ४ का अध्यक्ष हरिबहादुर क्षेत्रीको   विशिष्ट आतिथ्य रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकको सबैको मेहनत कै प्रतिफल ज्ञानगंगा पाठशालाले सफलताको सिढी चढ्दै गएको बताउनुभयो ।

वहाँले शैक्षिक गतिविधीमा मात्रै नभई विद्यालयले अन्य अतिरिक्त र प्रयोगात्मक धारतर्फ पनि उत्कृष्टता हासिल गर्दै गएको बताउनुभयो । विद्यालयका परामर्शदाता तथा सल्लाहकार डा. विनोद पराजुलीलेले विद्यार्थीहरूलाई आफ्नो स्वास्थ्य र खानपानमा ध्यान दिएर सबै पक्षमा बलियो बन्न आग्रह गर्नुभएको थियो । वहाँले विद्यार्थीहरुमा अनुशासन, आत्मविश्वास र धैर्यता हुनु आवश्यक रहेकामा जोड दिदै विद्यालयको प्रगति लोभलाग्दो रहेको बशताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष हरिबहादुर क्षेत्री, सल्लाहकार टीकाराम घिमिरे, विद्यालय प्रबन्ध निर्देशक युवराज न्यौपाने, व्यवस्थापन समिति सदस्य खुमाकान्त पौडेल, ज्ञानप्रसाद ज्ञवाली, राजकुमार पराजुली, कृष्णबहादुर जिसी, देवी वाग्ले, विभिन्न टोल विकाश संस्थाका अध्यक्षहरु, आमा समुहका अध्यक्ष, क्लवका प्रतिनिधी,  लगायतको सहभागिता रहेको थियो । प्राचार्य चन्द्र अधिकारीको स्वागत तथा  शिक्षक कुलचन्द्र पुरीले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न गीत संगीत, नृत्य, संवाद, नाटक, प्रहसन, भजन किर्तन लगायतका फरक फरक विधामा आफ्नो कला र कौशलता निखारेका थिए ।
 

तपाईको प्रतिक्रिया