पाइनियर एकेडेमीको १२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस
पाइनियर उत्कृष्ट विद्यालय बन्दै गएको बक्ताहरुको भनाई
प्रकाश पाण्डे । फागुन १० गते । रुपन्देहीको तिलोत्तमा–७ भलवारीमा रहेको पाइनियर एकेडेमीको १२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । शनिबार एक समारोहका बीच विद्यालय स्थापनाको १२ औं वर्षगाँठका अवसरमा विभिन्न रचनात्मक तथा सकारात्मक कार्यक्रमहरु गरेर विद्यालयले आफ्नो १२ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको विद्यालयका प्राचार्य सुशिल गौतमले जानकारी दिनुभयो ।
विद्यालय सन्चालक समिति अध्यक्ष डा अमित केसीको अध्यक्षता तथा तिलोत्तमा वडा न ७ का अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि देवीलाल पँगेनीले बाल मनोविज्ञानलाई बुझेर पठनपाठन गराइरहेको पाइनियरको भविष्य उज्जवल रहेको बताउनुभयो । साथै वहाँले पाइनियर एकेडेमी यस क्षेत्र कै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित हुदै गएको भन्दै प्रशंशा पनि गर्नुभयो । पँगेनीले स्कुलले नाम अनुसारको काम गरेको भन्दै विद्यालयका हरेक गतिविधिीमा आफ्नो साथ, सहयोग र सर्मथन रहने बताउनुभयो ।
विद्यालयका अध्यक्ष डा अमित केसीले बालमैत्री शिक्षणका लागी विद्यालय परिवारले नयाँ र परिस्कृत ढँगले आफुलाई परिमार्जित गरेको बताउनुभयोे । वहाँले पाइनियरले शैक्षिक क्षेत्रमा गरेको प्रगति आर्फैमा उदाहरणीय रहेको बताउनुभयो । विद्यालय प्रागँणमा आयोजित कार्यक्रममा विशिष्ट अतिथिहरु समाजसेवी बिनोद कुमार रायजादा, अपेन लुम्बिनी प्रदेशका शाखा अध्यक्ष सरस्वती ढुंगाना, लिटिल प्याराडाइजका प्राचार्य केएन सागर ज्ञवाली, विद्यालय सन्चालक समिति सदस्य रोशन अधिकारी, सहप्राचार्य पुजा पाण्डे लगायतको सहभागिता रहेको थियो ।
विद्यालयका प्राचार्य शुशिल गौतमले बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा विभिन्न गीत संगीत, नृत्य, कला, संस्कृति झलिकने भेषभुषा तथा साँस्कृतिक प्रस्तुति मार्फत आफ्नो कला र कौशलता निखारेका थिए । यसैबीच विद्यालयले आयोजना गरेको मिस्टर एण्ड मिस पाइनियरको उपाधी छात्र तर्फ कक्षा १ मा अध्ययनरत प्रमित लोहनी र छात्रा तर्फ कक्षा २ का युना छन्तेलले प्राप्त गरेको निर्णायकद्धय रुपा गैरे तथा दिपिका भट्टराईले जानकारी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया