लर्ड बुद्ध ज्ञानज्योतिको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस
प्रकाश पाण्डे । फाल्गुन २९ गते । रुपन्देहीको तिलोत्तमा–१४ टिकुलीगढस्थित लर्ड बुद्ध ज्ञानज्योति इङ्गलिस बोर्डिगँ स्कुलको २८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार विद्यालय प्रागँणमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले जीवन उपयोगी, सर्वसुलभ तथा प्रविधिमैत्री शिक्षालाई आत्मसात गरेको विद्यालय आफैमा अब्बल र नमुना विद्यालय भएको बताएका छन । वक्ताहरुले लर्ड बुद्ध ज्ञानज्योति इङ्गलिस स्कुलले शैक्षिक क्षेत्रमा गरेको प्रगति लोभलाग्दो रहेको औंल्याएका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा न १४ का अध्यक्ष आश्विन पौडेलले सँस्थागत विद्यालयहरुले शैक्षिक क्षेत्रमा गरेको योगदान आफैमा महत्वपुर्ण रहेको बताउनुभयो । वहाँले चरित्र निर्माणमा ध्यान दिदै सँस्कारयुक्त शिक्षा प्रदान गर्न विद्यालय परिवारले कुनै कसर बाँकी नराखेको बताउनुभयो । लर्ड बुद्ध तिलोत्तमा १४ कै शानका रुपमा स्थापित हुदै गएको पौडेलको भनाई थियो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगर कार्यपालिका सदस्य रवि सेन्चुरीले लर्ड बुद्धले शैक्षिक उन्ननयमा आफुलाई अब्बल बनाउदै लगेकोमा खुशी ब्यक्त गर्नुभयो । विद्यालय सन्चालक समिति अध्यक्ष प्रमोद यादवको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलबहादुर सरागँकोटी पवनले विधालयको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रम कै अवसरमा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी सँगै खेलकुद र पठनपाठनमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरु, समाजसेवी, जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यनालयका प्रबन्ध निर्देशक नाराण भण्डारीले विद्यालयले भौतिक पुर्वाधारलाई थप ब्यवस्थित गर्ने गरि निर्माणधीन मन्देश्वरी ब्लकको निर्माण शीघ्र सम्पन्न गर्ने गरि युद्धस्तरमा काम अघि बढेको बताउनुभयो ।
कार्यक्रममा अभिभावक भुपाल सिँह छन्तेल, लेखा संयोजक नन्दा गुरुगँ, विभिन्न टोल विकाश समिति तथा सन्जालका अध्यक्षहरु, आमा समुहका अध्यक्ष तथा प्रतिनिधी, विभिन्न क्लवका अध्यक्ष तथा पदाधिकारी, समाजसेवी, अभिभावक, शिक्षक कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा साँस्कृतिक तर्फ विद्यार्थीहरुले नृत्य तथा गीत सँगीत आदिमा प्रस्तुति दिएको साँस्कृतिक तर्फका संयोजक रन्जित थापा मगरले जानकारी दिनुभयो । यस्तै जापान गोजुरियो डो मिसन संघ साउथ एशियाका संस्थापक, अध्यक्ष तथा मुख्य प्रशिक्षक काजी रानाको नेतृत्वमा लर्ड बुद्ध डोजोले कराँते डेमो प्रर्दशन गरेको थियो । विद्यालयका सहप्राचार्य काशीराम ढकालले मुल समारोह तथा कार्यक्रम सँयोजक रोशन शर्माले खेलकुद विधातर्फको कार्यक्रम सन्चालन गर्नुभएको बार्षिकोत्सव मुल समारोहमा विद्यार्थीको तर्फबाट ज्योति गुप्ताले शुभकामना र सहप्राचार्य अनिल श्रीसले स्वागत मन्तब्य दिनुभएको थियो ।
तपाईको प्रतिक्रिया