आरती मार्वल्स र लुम्बिनी सेरामिकद्धारा गीर्वाण माविमा सहयोग
तिलोत्तमा । चैत्र १४ गते । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको गीर्वाण माविलाई आरती मार्वल्स र लुम्बिनी सेरामिकले अफिस कोठा सजाउन लेमिनार ब्राण्डको टायल्स सहयोग गरेका छन । आरती मार्वलका संचालक नारायण गैरेले बार्षिक सामाजिक उत्रदायित्व कार्यक्रम अन्तर्गत करीव ७० देखि ८० हजार पर्ने टायल्स निशुल्क सहयोग गरिएको बताउनुभयो ।
वहाँले हरेक बर्ष यस्ता कार्यक्रम मार्फत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको जानकारी दिनुभयो । तिलोत्तमा ९ मा रहेर कारोबार गर्दै आएको आरती मार्वलले लुम्बिनी सेरामिक बर्दियाद्धारा उत्पादित लेमिनार ब्राण्डका उत्कृष्ट टायलहरु बिक्री वितरण गर्दै आएको छ । प्राविधिक दृष्टिकोणले समेत उत्कृष्ट मानिएको लेमिनार टायल आफैमा उत्कृष्ट र स्वदेशी उत्पादन भएको गैरेको भनाई छ । सहयोग कार्यक्रममा विद्यालयका प्राचार्य केदारचन्द्र पराजुली, शिक्षक, कर्मचारी, पुर्व विद्यार्थी तथा लुम्बिनी सेरामिक कम्पनीका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया