तिलोत्तमा–७ भलवारीस्थित पुष्पाञ्जली मन्टेश्वरीमा एकै दिन ४ महत्वपूर्ण कार्यक्रम
अभिभावक दिवस, दीक्षान्त समारोह, नतिजा प्रकाशन तथा विदाई कार्यक्रमको आयोजना
तिलोत्तमा । चैत्र २७ गते । रुपन्देहीको तिलोत्तमा ७ भलवारीमा रहेको पुष्पान्जली मन्टेश्वरी स्कुलमा शुक्रबार दीक्षान्त समारोह, अभिभावक दिवस, नतिजा प्रकाशन तथा कक्षा १ का विद्यार्थीलाई विदाई कार्यक्रम एकसाथ सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्याब्सन नवलपरासीका अध्यक्ष डम्मर गुरुङ्गले छोटो समय मै विद्यालयको प्रगति लोभलाग्दो रहेको बताउनुभयो ।
वहाँले मन्टेश्वरी शिक्षण विधिबाट अध्ययन गरेका बालबालिकामा सकारात्मक संस्कार र व्यवहारिक विकास छिटो हुने अनुभव आफूले पाएको बताउनुभयोे । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नन्दा गुरुङ्गको अध्यक्षता तथा प्रिन्सिपल पुष्पा गुरुङ्गको स्वागत मन्तब्य रहेको कार्यक्रममा अपन लुम्बिनी प्रदेशका अध्यक्ष सरस्वती ढुंगाना, सर्मपण वाल गृहका अध्यक्ष शान्ता शर्मा, अपन सिद्धार्थनगरका अध्यक्ष गंगा भुषाल, युनिर्भसल मन्टेश्वरी ट्रेनिङ्ग सेन्टरका संन्चालक लक्ष्मी पोख्ररेल भुषाल, उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष माधव भण्डारी,लगायतले मन्तब्य दिदै विद्यालयले बालमैत्री शिक्षण प्रणालीलाई प्रभावकारी रूपमा अगाडि बढाएकोमा प्रशंसा व्यक्त गर्नुभयो ।
शिक्षिका आरती गुरुङ्गको सन्चालन रहेको कार्यक्रममा सम्मान कार्यक्रम, नतिजा प्रकाशन तथा कक्षा १ का विद्यार्थीहरुको विदाई लगायतका कार्यक्रम पनि शुक्रबार नै सम्पन्न गरिएका छन । कार्यक्रम कै अवसरमा स साना विद्यार्थी नानीबाबुहरुले गीतसँगीत, नृत्य तथा भाषणकला लगायतका विभिन्न कलात्मक प्रस्तुति मार्फत सहभागीहरुको मन जितेका थिए । २०७८ सालमा स्थापना भएको पुष्पान्जली मन्टेश्वरीमा हाल प्ले ग्रुपदेखि कक्षा १ सम्म अध्ययन अध्यापन हुदै आएको छ । छोटो अवधिमै गुणस्तरीय शिक्षाका साथ विद्यालयले आफूलाई एक भरोसा योग्य शैक्षिक संस्थाको रूपमा स्थापित गर्न सफल बन्दै गएकोप्रति अभिभावकहरुले समेत विद्यालयको प्रशंसा गरेका थिए ।
तपाईको प्रतिक्रिया