आनन्दवन शंकरनगर खानेपानी संस्थामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम
तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १ मा अवस्थित आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समुदायमा स्वास्थ्यप्रति जागरूकता बढाउदै मानवीय सेवाभावलाई थप सुदृढ बनाउन आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक तथा मानवीय कार्यहरूले समुदायमा सहकार्य, सद्भाव र सेवाभाव अभिवृद्धि गर्ने उल्लेख गरेका छन ।
नगर प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष किशोर कुमार क्षेत्रीको अध्यक्षता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खाँणले स्वास्थ्य सचेतना फैलाउन निःशुल्क स्वास्थ्य सेवा र रक्तदान जस्ता कार्यक्रमहरू महत्वपुर्ण सावित हुने विश्वास ब्यक्त गरे । त्यसैगरी, संस्थाका अध्यक्ष क्षेत्रीले स्थानीय समुदायको स्वास्थ्यलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा स्थानीयवासीहरूसँगै विभिन्न संघ संस्थाबाट आएका ब्यक्ति विशेष, खानेपानीमा आवद्ध उपभोक्ता, संस्थाका प्रतिनिधी, कर्मचारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया