00:00:00
स्थानिय

रास्वपा तिलोत्तमाको प्रथम नगर अधिवेशनमा सर्वसम्मतिको प्रयास टर्यो

१३ सदस्सिय नयाँ नेतृत्वका लागी निर्वाचन हुने
शनिबार जेठ ९, २०८३/ Saturday 05-23-26

तिलोत्तमा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वथा तिलोत्तमा नगर समितिमा नयाँ नेतृत्वका लागी निर्वाचन हुने पक्कापक्की भएको छ । रास्वपा तिलोत्तमाको प्रथम नगर अधिवेशनबाट १३ सदस्सिय कार्यसमिति चयन गर्ने गरि निर्वाचन गर्ने तयारी भएको हो । यसअघि सर्वसम्मत नेतृत्व चयनका लागी प्रयास भएपनि संभव नभएपछि निर्वाचन मार्फत नयाँ नेतृत्वको टुंगो लगाउने तैयारी भैरहेको पर्यवेक्षक तथा जुम्बिनी प्रदेश रयापिड एक्सन टिम विभाग प्रमुख शंकर भण्डारीले जानकारी दिनुभयो । यसअघि अधिवेशनको उद्धघाटन गर्दै रुपन्देही क्षेत्र न ३ का संघीय साँसद डा लेखजगं थापाले रास्वपा सुसासनको पक्षमा आवाज उठाउदै आएको पार्टी भएको र सुसासन नै समृद्धीको सुचक भएको धारणा राख्नुभयो ।

वहाँले देश बनाउने संंकल्प सहित उदाएको रास्वपाले जनतालाई कअिल्यै निराश र धोका नदिने पनि बताउनुभयो ।  कार्यक्रमका अध्यक्ष तथा तिलोत्तमा नगर सभापति रुष्तम कडेलले राजैनितक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका वरिष्ठ सल्लाहकार सन्तोष गिरि, रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिगराम घिमिरे, विभिन्न रानैतिक पार्टीका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नगर कोषध्यक्ष अन्जु जिसिको स्वागत तथा नगर सचिव कृष्णतिवारीले कार्यकमको सन्चालन गर्नुभएको थियो । 
 

तपाईको प्रतिक्रिया