स्वास्थ्य
तिलोत्तमा रक्तदाता समाजद्धारा मणिग्रामचोकमा रक्तदान
शनिबार असार १३, २०८३/ Saturday 06-27-26
प्रकाश पाण्डे । असार १३ गते । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामचोकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा रक्तदाता समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको समाजका अध्यक्ष गोविन्द बन्जाडले जानकारी दिनुभयो ।
उहाँले रगत अभावमा कोही कसैले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले २०७७ सालदेखि समाजले निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा वडा नम्बर ५ का जनप्रतिनिधि हरि पन्तले नियमित रक्तदान गर्न सबैमा आग्रह गर्दै मानवीय सेवामा हरेकको साथ र सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । आयोजकका अनुसार आगामी रक्तदान कार्यक्रम भैरहवामा आयोजना गरिनेछ ।
तपाईको प्रतिक्रिया