00:00:00
स्थानिय

तिलोत्तमाद्वारा दोस्रो दिन खाद्य अनुगमन,५ पसललाई चेतावनी पत्र 

बिहीबार असार २५, २०८३/ Thursday 07-09-26

बिन्दु भट्टराई ,२५ असार ।
तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा अनुगमन कार्यलाई निरन्तरता दिएको छ। नगरले दोस्रो दिन बिहिबार विहान नगरको भलवाडी,कोटीहवा ,मणिग्राम, ४ नम्वर लगायत स्थानमा रहेका ठुला खाद्य पसल तथा  मार्टमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मिति नाघेका,नगरपालिकाले बिकृवितरणमा रोक लगाएका गुट्खाजन्य पदार्थको बिक्रि भैराखेको पाइएको तिलोत्तमा नगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक जगेश्वरदेवी चौधरीले बताउनुभयो । उहाँले मानव स्वास्थ्यमा खेलवार्ड नगर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ ।  उहाँले सामान किन्दा मिति हेरेर मात्र लिन आम नगरबासिलाई समेत  आग्रह गर्नुभएको छ । आम नागरिक सचेत नबन्दासम्म समस्या समाधान नहुनेमा चौधरीको जोड छ । 

 तिलोत्तमा नगरपालिकाका प्रशासकीय अधिकृत मुक्तिराम खनालले १० वटा खाध पसल अनुगमन गरिएकोमा नगरपालिकामा दर्ता नभएका ,मिति नाघेका सामाग्री बिक्री गरेका,कुट्खाजन्य पदार्थ बिक्री गरेका करिब ५ पसलमा चेतावनी पत्र काटिने बताउँदै  अन्य पसललाई सचेत रहन सुझाव दिनुभएको छ ।यसै क्रममा २ पसलबाट ४५ पोका भन्दा बढी   गुट्खा जफत गरिएको नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाका विभिन्न व्यवसायी संघ संगठन तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र न्यौपाने,तिलोत्तमा उद्योग बाणिज्य संघका कोषाध्यक्ष टिकाराम भण्डारी ,तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जि।एम लगायतले उद्योगिसंगै उपभोक्तालाई समेत सचेत गराउने गरि नगरले चालेको अनुगमन अभियानमा समन्वय र सहकार्य गरिनेमा जोड दिनुभयो ।

अनुगमनमा तिलोत्तमाका बरिष्ठ प्रशासन सहायक मिना अर्याल,पत्रकार यमलाल भुसाल,बिन्दु भट्टराई ,नगरप्रहरी प्रकाश चौधरी,सुरज केसि,अरुण बस्याल लगायत रहेका थिए ।

अनुगमनका क्रममा आम नागरिकका अनुभव,सुझाव पनि लिएको र सोही अनुरुप आगामी दिनम क्रमश सबै क्षेत्रको अनुगमनलाई तिब्र रुपमा अगाडी बढाउने नगरपालिकाले जनाएको छ।नगरपालिकाले अनुगमनमा सहज बनाईदिन  उपभोक्ता तथा व्यवसायीलाई  समेत आग्रह गरेको छ । 

तपाईको प्रतिक्रिया