00:00:00
खेलकुद

झरना स्पोर्ट्स क्लबको ६६ औ साधारण सभा

शनिबार श्रावण ३०, २०८३/ Saturday 08-15-26

तिलोत्तमा । साउन ३० गते । झरना स्पोर्ट्स क्लब तिलोत्तमा ६ कुन्जलापुर रुपन्देहीको ६६ औ साधारण सभा शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष धनेन्द्र पौडेलको अध्यक्षता तथा तिलोत्तमा वडा न ६ का अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले खेलकुदका अलावा सामाजिक उत्तरदायित्व वहन गर्ने क्षेत्रमा क्लवले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका छन ।

कुञ्जलापुरस्थित मगर भवनमा आयोजित साधारण सभामा बोल्दै प्रमुख अतिथि पाठकले तिलोत्तमा कै गौरवका रुपमा रहेको झरना स्पोर्ट्स क्लवको ऐतिहासिक, सामाजिक तथा साँस्कृतिक पक्षहरुको प्रशंशा गर्दैं आगामी दिनमा थप जिम्मेवार भई काम गर्नुपर्ने बताउनुभयो । वहाँले झरना फुटवलको ३८ औं संस्करणलाई गोल्डकपमा रुपान्तरण गर्ने क्लवको प्रयासमा आफ्नो पुर्णत समर्थन रहेको बताउनुभयो ।

साधारण सभामा बोल्दै कार्यपालिका सदस्य नरबहादुर छन्तेलले सबैको साझा र अपनत्व हुने गरि क्लवलाई अगाडी बढाउनु आजको मुल आवश्यकता रहेको बताउनुभयो । वहाँले क्लवले गरेका काम कार्वाहीको खुलेर प्रशंशा गर्दै आफ्नो तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।  कार्यक्रममा बोल्दै नगर खेलकुद विकाश समिति संयोजक तथा क्लवका संरक्षक लोक पुनले फुटवलको माध्यामबाट शुरु भएको यात्रा सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय भई लागिरेहको बताउनुभयो । 

अध्यक्षको प्रतिवेदन पेश गर्दै क्लवका अध्यक्ष धनेन्द्र पौडेलले सबैको ईच्छा, चाहना र भावनालाई आत्मसात गर्दै क्लव अघि बढिरहेको बताउनुभयो । क्लवका सहकोषाध्यक्ष तारानाथ पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा जनप्रतिनिधी सिता खनाल गौतम, क्लवका सल्लाहकार तथा उमा निमाविका अध्यक्ष छत्र बहादुर दर्लामी, क्लवका पुर्व अध्यक्ष गंगा प्रसाद राना, कुन्जपार्क टोल विकाश संस्थाका अध्यक्ष पदम ब थापा, कुन्जपार्क रात्रीकालीन उद्यानका उपाध्यक्ष संगिता गुरुगँ, छिमेकी क्लबका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा क्लवलाई विभिन्न माध्यामबाट सहयोग पुर्याउने झरना स्पोट्र्स क्लबका पदाधिकारी, संरक्षक तथा सदस्य, आमा समुहका अध्यक्ष तथा पदाधिकारी, विभिन्न टोल विकाश संस्थाका अध्यक्ष एवं प्रतिनिधी, समाजसेवी र स्थानिय लगायतलाई सम्मान गरिएको कार्यक्रममा उमीसरा दर्लामीको स्वागत तथा ओमप्रकाश थापाको सन्चालन रहेको थियो ।
 

तपाईको प्रतिक्रिया