00:00:00
शिक्षा

न्यु इन्भाइरन्मण्ट माविमा कक्षा ३ को प्रस्तुतिकरण तथा अभिभावक अन्तरक्रिया

बुधबार भदौ १७, २०८३/ Wednesday 09-02-26

तिलोत्तमा, भदौ १७ गते । रूपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित न्यु इन्भाइरन्मण्ट अंग्रेजी माविले विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले कक्षागत प्रस्तुतिकरण तथा अभिभावक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीमा रहेका अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा उजागर गरि विभिन्न नयाँ–नयाँ गतिविधिमा अभ्यस्त बनाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले बताउनुभयो ।

प्राचार्य ज्ञवालीका अनुसार बुधबार आयोजित कार्यक्रममा कक्षा ३ का विद्यार्थीहरूलाई सरस्वती वन्दना, पञ्चशील, गीत–संगीत, नृत्य, भाषणकला लगायतका विभिन्न विधामा सहभागी गराइएको थियो । विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सिमित नराखि उनीहरूको सिर्जनशीलता, नेतृत्व क्षमता, प्रस्तुतीकरण, कला तथा आत्मविश्वास विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने ज्ञवालीको भनाई छ ।

कार्यक्रममा कक्षा ३ अन्तर्गत विभिन्न सदनमा विभाजित विद्यार्थीहरूले विद्यालयको सभाहलमा विविध सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए । कक्षा ३ का विद्यार्थी रिदम ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक हरि न्यौपाने, प्राचार्य मधुप्रकाश ज्ञवाली, सहप्राचार्य ध्रुव खरेल, शिक्षक पदम राना, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयले क्रमशः अन्य कक्षाका विद्यार्थीलाई समेत यसैगरी मञ्च प्रदान गर्ने जनाएको छ । कक्षा ३ का छात्रा सविता अर्यालले सन्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरूको प्रस्तुति अवलोकन गर्न अभिभावकहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
 

तपाईको प्रतिक्रिया