00:00:00
स्थानिय

कुञ्जटोल, झरना क्लब र प्रगतिपथ कृषक समूहद्वारा रु १,८५,५४० सहयोग 

शनिबार भदौ २०, २०८३/ Saturday 09-05-26

तिलोत्तमा । भदौ २० गते ।  भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको राहत तथा उद्धारका लागि तिलोत्तमा नगरपालिका–६ का तीन संस्थाले १ लाख ८५ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेका छन् ।  कुञ्जटोल परिवार, झरना स्पोर्ट्स क्लब र प्रगतिपथ कृषक समूहको संयुक्त पहलमा संकलित रु. १,८५,५४० प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय स्तरबाट सहयोग जुटाइएको जनाइएको छ । विपद्को कठिन घडीमा पीडित नागरिकको सहयोगका लागि आर्थिक योगदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै तिलोत्तमा–६ वडा कार्यालयले कुञ्जटोल परिवार, झरना स्पोर्ट्स क्लब, प्रगतिपथ कृषक समूह तथा सहयोगी सम्पूर्ण दाताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ । वडा कार्यालयले विपद्का बेला स्थानीय समुदायबाट देखाइएको मानवीय सहयोग र ऐक्यबद्धता प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता सहयोगले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
 

तपाईको प्रतिक्रिया