न्यू इन्भाइरन्मन्ट मावि मणिग्राममा अभिभावक अन्तरक्रिया
तिलोत्तमा । असोज ६ गते । न्यू इन्भाइरन्मन्ट मावि मणिग्राममा अभिभावक अन्तरक्रिया तथा एलकेजीका विद्यार्थीहरूको विद्यार्थी प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रबन्ध निर्देशक हरि प्रसाद न्यौपानेको अध्यक्षता, शिक्षिका निलिमा ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले सिपिएस गतिविधि, नृत्य, गायन, विभिन्न विषयसम्बन्धी प्रस्तुति तथा free time basket लगायतका विविध गतिविधीमा प्रस्तुति दिएका थिए । प्रबन्ध निर्देशक हरि प्र न्यौपाने, सहप्राचार्यद्वय ध्रुव खरेल र पदम राना लगायतले मन्तव्य राख्नुभएको कार्यक्रममा देव्यांका भट्टराईले स्वागत र प्राची घिमिरेले सरस्वती वन्दना र आरुशी घिमिरेले पञ्चशील प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी अभिभावकहरूसँग विद्यार्थीहरूको सिकाइ उपलब्धि, कक्षागत गतिविधि तथा घर–विद्यालयबीचको सहकार्यका विषयमा अन्तरक्रिया गरिएको थियो । विद्यालयका प्राचार्य मधु प्रकाश ज्ञवालीले अभिभावकत्वसम्बन्धी अभिमुखीकरणसमेत गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया