00:00:00
स्थानिय

मुर्गियालाई २–० ले हराउँदै आयोजक झरना स्पोर्ट्स क्लब सेमिफाइनलमा

सोमबार असोज १९, २०८३/ Monday 10-05-26

तिलोत्तमा । आयोजक झरना स्पोट्र्स क्लब ३८औँ झरना रनिङ नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार तिलोत्तमामा भएको क्वाटरफाइनलमा झरनाले मुर्गिया फुटबल क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
झरनाको जितमा आशिष ज्ञवाली र आसमान थापा क्षेत्रीले एक–एक गोल गरे। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको झरनाले आशिषको गोलमार्फत अग्रता लिएको थियो। दोस्रो हाफमा आसमानले गोल थपेपछि आयोजक टोलीले सहज जित सुनिश्चित ग¥यो ।

निर्णायक प्रदर्शन गरेका झरनाका आशिष ज्ञवाली ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगिताअन्तर्गत सोमबार हुने दोस्रो क्वाटरफाइनलमा भैरव स्पोट्र्स क्लब र योङ स्टार क्लब भिड्नेछन् । झरना स्पोट्र्स क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

तपाईको प्रतिक्रिया