00:00:00
शिक्षा

ब्रिटिस ग्रामर स्कुलमा तिहार महोत्सव 

शनिबार कार्तिक २२, २०८३/ Saturday 11-07-26

तिलोत्तमा । ब्रिटिस ग्रामर स्कुल तिलोत्तमा १४ मा तिहार तथा छठ पर्वको पावन अवसरमा आयोजित तिहार महोत्सव सम्पन्न भएको छ । महोत्सवमा कक्षा एक देखि १० सम्मका विद्यार्थी तथा शिक्षकहरू जातीय तथा परम्परागत नेपाली पोशाकमा सहभागी भएका थिए । कार्यक्रममा देउसी–भैलो, नेपाली लोकनृत्य तथा गायन, रङ्गोली प्रतियोगिता, कक्षा सजावट प्रतियोगिता र शुभकामना आदानप्रदान लगायतका विविध गतिविधि सञ्चालन गरिएको थियो । कार्यक्रमले विद्यार्थीहरूमा नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वप्रतिको सम्मान तथा संरक्षणको भावना अभिवृद्धि गर्नुका साथै आपसी सद्भाव र भाइचाराको सन्देश प्रवाह गरेको विद्यालयले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया