Main news

थारु समुदायले आज जितिया पर्व मनाए

13/09/2017

थारु समुदायले आज जितिया पर्व मनाएका छन् ।काठमाडौं उपत्यकामा बस्दै आएका थारु समुदायले पनि यो पर्व मनाएका हुन् ।थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा राजधानीमा आयोजना गरेको कार्यक्रममा थारु महिलाहरुको उल्लेख्य सहभागिता थियो ।मातृत्व सम्मानकोरुपमा लिइने यो पर्वमा महिलाले दिवंगत आमा, सासूलगायतको सम्झनामा व्रत बस्ने गर्दछन ।सूर्यपुत्र जितमहानको पूजा गरी श्रीमान् र छोराछोरीको राम्रो स्वास्थ्यको कामना गदै व्रतसमेत बस्ने प्रचलन रहेको बताइन्छ ।