Main news

सर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण

13/09/2017

नेपाल राष्ट्र बैंकले यसवर्षको दशैं तिहारलाई लक्षित गरेरसर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण गरेको छ । राष्ट्र बैंकले काठमाण्डौको थापाथलीस्थित बैंकिङ कार्यालय परिसरका साथै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमार्फत पनि नोट सटहीको व्यवस्था मिलाएको जनाएको छ ।राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरमा नोट साट्न सकिनेछ ।यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार र नक्सालबाट तथा कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारमा यो सुविधा पाइनेछ ।