Main news

भुटानलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

13/09/2017

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  टस जितेर ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट गुमाउँदै ५० रन मात्र बनायो । एकाउन्न रनको विजयी लक्ष्य नेपालले ८.३ ओभरमा प्राप्त ग¥यो । नेपालका लागि आसिफ शेखले अविजित २३ रन, सन्दिप सुनारले २१ तथा अनिल साहले अविजित चार रन बनाउनुभयो । बलिङतर्फ भुटानका छिरिङ पेन्जोरले एक विकेट लिनुभयो । भुटानलाई ५० रनमा समेटने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिनुभयो । सन्दिप लामिछानेले चार विकेट लिनुभयो ।  नेपालले भोली सिंगापुर विरुद्ध खेल्ने छ   ।