Main news

एएएफसी१९ बर्षमूनिको च्याम्पियनसिप फाइनल चरणमा पुग्ने नेपालको सम्भावनासमाप्त

03/11/2017

२०७४ कात्तिक १७ गते
एएएफसी१९ बर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेलमा आयोजक किर्गीस्तानसँग २–० ले पराजित भएपछि प्रतियोगिताको फाईनल चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । किर्गीस्तानमा हिजो भएको खेलमा नेपाललाई बहराईनले ४–० ले हराएको हो ।समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो खेलमा भोलि युएईसँग खेल्नेछ । पाँच टोली सहभागी समूहको अन्तिम खेलमा नेपालले आगामी बुधबार ओमानसँग खेल्नेछ ।छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । त्यस्तै दोस्रो हुनेमध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् ।फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा ईन्डोनेसियामा आयोजना हुने एएफसी१९ बर्षमुनिको च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।