Main news

मालपोत कार्यालय कलंकीका दुई जना कर्मचारी घुस लिँदालिँदै प्रक्राउ

04/12/2017

२०७४ मंसिर१८गते 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ  । पक्राउ पर्नेमा कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाल छन् । उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो  ।