Main news

आँबुखैरेनीबाट चार थान पेस्तोल सहित तीन युवा पक्राउ

04/12/2017

२०७४ मंसिर१८गते
गोरखा
आज बिहानै तनहुँको आँबुखैरेनीबाट गोली लोड भएको अवस्थामा ३ थान र खाली १ थान गरी ४ थान पेस्तोल र गोली सहित स्थानीय ३ युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउपालिका–३ का २८ वर्षिय अभियान श्रेष्ठ, आँबुखैरेनी गाँउपालिका–४ का २४ वर्षिय विजय गुरुङ्ग र सोहि ठाउँका २६ बर्षिय जय गुरुङ्ग रहेका छन् । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक लोक बहादुर गुरुङ्गको नेतृत्वको टोली र कृष्णदल गण ढकालटारबाट प्रमुख सेनानी अशोक कुमार कार्की नेतृत्वको संयुक्त टोलीले आज बिहानै उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले युएसए निर्मित ६ राउण्ड गोली लोड भएको ३ थान पेस्तोल, त्यसैमा लाग्ने ३ थान एक्स्ट्रा म्याग्जिन, त्यसैमा लाग्ने ३९ थान एक्स्ट्रा गोली, गोली नभएको खाली अवस्थाको ईटालियन पेस्तोल १ थान, म्यागनम हतियारमा लाग्ने जस्तो गोली ४८ थान, खेलौना पेस्तोल १ थान र चक्कु १ थान बरामद गरेको छ । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।