Main news

कपिलबस्तुमा ३ हजार बढि कर्मचारी मतदान केन्द्रमा परिचालन

04/12/2017

कपिलबस्तु 
आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि आजदेखी कपिलबस्तुमा ३ हजार २ सय ७९ जना कर्मचारी मतदान केन्द्रमा परिचालन भएका छन् । जिल्लाका ३ प्रतिनिधी र ६ वटाप्रदेश सभाका लागि तोकीएका २ सय ३३ मतदान स्थल र ४ सय १० वटा मतदान केन्द्रमा कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । आजदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समूह मतदान केन्द्रतर्फ खटिएको कपिलबस्तुका जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले जानकारी दिनुभयो । ४ सय १० वटा मतदान केन्द्र रहेको कपिलबस्तु जिल्लामा प्रत्येक केन्द्रमा एकजना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र ४ जना सहायक कर्मचारी र दुई जना सहयोग गरी ८ जनाको संख्यामा कर्मचारी खटिनेछन् । ३ लाख ११ हजार ७६२ कुल मतदाता रहेका कपिलबस्तुमा सुरक्षाकर्मी बाहेक कर्मचारी मात्र ३ हजार २ सय ७९ जना निर्वाचनमा खटिएका हुन् ।