Main news

भैरहवा इपिएल क्रिकेटको फाइनलमा

29/12/2017

२०७४ पुस १४गते 
भैरहवा ग्लयाडिटर्स राजधानीमा जारी इपिएल क्रिकेटको फाइनमा पुगेको छ । आज भएको खेलमा ललितपुर प्याट्रियोट्सलाई ३ विकेटले पराजित गर्दै भैहरवा फाईनलमा पुगेको हो । किर्तिपुरस्थित  त्रिभुवन विश्व बिद्यालय क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले दिएको १ सय ३३ रनको लक्ष्य भैरहवाले ७ विकेटको क्षतिमा ३ बल बाँकी रहँदा भेट्टाएको हो । उपाधिका लागि भैरहवाले शनिबार विराटनर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ ।