Main news

माल्दिभ्समा राजनीतिक संकटः हस्तक्षेपका लागिभारत र अमेरिकालाई आह्वान

07/02/2018

माल्दिभ्सकापूर्वराष्ट्रपति मोहमदनाशीदले राष्ट्रपति अब्दुल्लायामीनले संकटकालको घोषणा गरेपछि उत्पन्न राजनीतिक संकटमा हस्तक्षेप गर्न भारत र अमेरिकालाई आह्वानगर्नुभएको छ ।निर्वासनमा रहेकानाशीदले सेना सहितको दूत पठाएर माल्दिभ्समाभौतिकउपस्थितिजनाउनभारतलाई अनुरोध गर्नुभएको हो । ट्वीटरमार्फत् नाशीदले माल्दिभ्सकाजनताको तर्फबाट भन्दै पक्राउगरिएकान्यायाधीश र राजनीतिकबन्दीको रिहाइकालागि सत्तारूढ नेताहरूका सबै आर्थिक कारोबार रोकिदिनभारत र अमेरिकालाई गुहार्नुभएको हो । माल्दिभ्समा सुरक्षा सैन्यले सर्वोच्चअदालतमा हस्तक्षेप गरी दुई जनावरिष्ठ न्यायाधीश र अर्का पूर्वराष्ट्रपति मौमूनअब्दुलगयूमलाई पक्रेपछि नाशीदले यो आह्वानगर्नुभएको हो । यसअघि अमेरिकीविदेश मन्त्रालयले राजनीतिकबन्दीलाई रिहागर्न सर्वोच्चअदालतले दिएको आदेश मान्न राष्ट्रपति यामीनले अस्वीकार गरेकामाचिन्ताव्यक्त गरेको थियो ।विपक्षीहरूले राष्ट्रपति अधिनायकवादीदिशामा अगाडी बढेको आरोप लगाएका छन् ।विपक्षी राजनीतिज्ञहरुलाई रिहागर्न आदेश दिएपछि रुष्ट बनेको सरकारले संकटकाल घोषणा गरेर प्रधानन्यायाधीशअब्दुल्लाह साइद र अर्का न्यायाधीशअलीहमिदलाई पक्रेको थियो ।