Main news

काठमाण्डौलाई माक्स मुक्त गराउन अवरोध गर्नेलाई कारबाही गर्ने मन्त्री पण्डितको घोषणा

01/03/2018

२०७४ फागुन १७गते

lalbabu pandit and badal imagesको लागि तस्बिर परिणाम
जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डितले काठमाण्डौ उपत्यकालाई एक बर्षभित्र माक्समुक्त गराउने आफ्नो योजनामा अवरोध गर्नेलाई कारबाही गर्ने बताउनु भएको छ । सामुदायिक रेडियो प्रसारक संघ अकोरावले प्रकाशन गरेको सीआईएन मार्फत प्रसारण कार्यक्रमको प्रभाव समेटिएको सामुदायिक मेलमिलाप पुस्तक तथा डकुमेन्ट्रीको विमोचन गर्दै मन्त्री पण्डितले काठमाण्डौ उपत्यका सहित अन्य शहरलाई पनि प्रदूषणमुक्त बनाउने योजना सहित अगाडी बढेको बताउनुभयो  । आफू देश र जनताको हितका पक्षमा काम गर्ने भन्दै उहाँले गलत गर्ने जो कोहीलाई पनि दण्डित गर्नबाट पछि नहट्ने बताउनुभयो । मन्त्री पण्डितले सञ्चारमाध्यमको विश्वसनियता कायम गर्न पत्रकारहरुले अलि बढि मिहेनत गर्नु पर्ने बताउनु भयो । अधिकांश सञ्चारमाध्यमले गतल र भ्रामक समाचार सम्प्रेषण गरिरहेका बेला सामुदायिक रेडियोले भने सञ्चारमाध्यमको विश्वसनियता कायमै राखेको उहाँको भनाई थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गिता सत्यालले अझै पनि केही स्थानीय तहमा न्यायिक समिति गठन हुन नसकेकोमा दुःख व्यक्त गर्दै यसले महिलाको नेतृत्वलाई असफल गराउनेमा चिन्ता व्यक्त गर्नुभयो । मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४७ स्थानीय तहमा उपप्रमुख महिला हुनु सुखद भएपनि अझै पनि न्यायिक समिति गठन भएर काम अगाडी नबढ्नु दुःखद भएको भन्दै उपप्रमुखहरुको क्षमता बिकास गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा अकोरावका कार्यकारी निर्देशक डा. रामचन्द्र लामिछानेले द एसिया फाउण्डेसन र अकोरावको सहयोगमा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रमले स्थानीय स्तरमा ८४ प्रतिशत विवाद मिलाउन सफल भएको दावी गर्नुभयो । यस्तै द एसिया फाउण्डेसनका बरिष्ठ कार्यक्रम अधिकृत प्रिती थापाले वहु सरोकार रहेका विवादहरुको समाधान सामुदायिक मेलमिलापले कार्यक्रमले गरेको बताउनुभयो । उहाँले अहिले देशभरमा १५ हजार मेलमिलापकर्ता रहेको पनि जानकारी गराउनुभयो । मेलमिलापमा सहयोग पु¥याउने उद्देश्यले सामुदायिक सुचना नेटवर्क सीआईएनको संयोजनमा १४ जिल्लाका सामुदायिक रेडियो मार्फत १ सय ५४ ओटा मेलमिलाप सम्बन्धी रेडियो कार्यक्रम प्रसारण भएको थियो ।