Main news

प्रहरी संगठनलाई राजनीति हस्तक्षेप मुक्त बनाउने गृहमन्त्री थापाको उद्घोष

01/03/2018

२०७४ फागुन १७गते


गृहमन्त्री रामबाहादुर थापाले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने उद्घोष गर्नुभएको हो । आज बिहान प्रहरी मुख्यालय नक्साल पुगेर उहँले प्रहरी संगठनलाई बिसुद्ध व्यववसायिक बनाउने उद्घोष गर्नुभएको हो । मन्त्री थापाले प्रहरी महानिरिक्षक प्रकाश अर्यालबाट नेपालको समग्र सान्ति सुरक्षाको बारेमा जानकारी पनि लिनुभएको छ । उहाले प्रत्यक्ष भिडियो मार्फत सातै प्रदेशका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षकहरुसँग प्रदेशको स्थितिको बारेमा जानकारी लिनुभएको थियो । शान्ति सुरक्षा, अपराधिक कृयाकलाप र नेपाल प्रहरीको गतिबिधीको बारेमा सातै प्रदेशका प्रहरी प्रमुख सँग जानकारी लिनुभयो । प्रहरी संगठनलाई सुशासनयुक्त र भ्रष्टचार मुक्त बनाउने आफ्नो अभियानका बारेमा पनि प्रहरीका अधिकारीलाई उहाँले जानकारी दिनुभयो