Main news

महेन्द्रनगर, डिपिएल क्रिकेटको प्लेअफमा

09/04/2018

२०७४ चैत२५गते
महेन्द्रनगर युनाइेट र सीवाईसी अत्तरिया धनगढीजारी डीपीएल क्रिकेटको प्लेअफमापुग्न सफलभएका छन् । आजभएको खेलमाअत्तरियाले बिराटनगर किंग्सलाई पराजीतगर्दै प्लेअफको यात्रा तय गरेको  हो । महेन्द्रनगर भने काठमाण्डौ गोल्डेन्स्सँग अंक बाँड्दै प्लेअफमापुग्न सफलभएको छ । वर्षाको कारण ६ ओभरमा छोट्याइएको खेलमाअत्तरियाले बिराटनगरलाई ६ विकेटले पराजित गरेको छ । सुरुमा व्यांटिङ गरेको बिराटनगरले  पुरा ओभर खेल्दै ३ विकेटको क्षतीमा ५५ रन बनाएको थियो । ५६ रनको विजयीलक्ष्य सहित मैदानउत्रिएको अत्तरियाले दुई बल बाँकी छँदा ४ विकेटको क्षतीमालक्ष्य पुरा गरेको हो । यसैबिचआजबिहानको खेल स्थगित भएपछि महेन्द्रनगर र काठमाण्डौ गोल्डेन्स्ले अंक बाँडेकाहुन् । यो सँगै डिपिएल क्रिकेटको प्लेअफ समिकरण पुरा भएको छ । टिम चौराह धनगढी र काठमाण्डौ गोल्डेन्स् प्लेअफमापुगिसकेका छन् ।