Main news

हिन्दु धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

07/05/2018

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई मोरङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । श्रीनिवास आफैंले आफैंलाई गोली हान्न लगाएको दाबी गर्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । गत चैत २५ गते राति विराटनगरमा उनकै अंगरक्षक माधव चौधरीले उनीमाथि गोली प्रहार गरेको र त्यसो गर्न आचार्यले नै लगाएको दावी प्रहरीले गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि मोरङ प्रहरीका एसपी अरुणकुमार बिसीले श्रीनिवासकै निर्देशनमा गोली हानेको पाइएको बताउनुभयो । आचार्य श्रीनिवासले आफूलाई हातमा गोली हान्न भनेकोमा गोली प्रहार गर्ने व्यक्तिले छातीमा गोली प्रहार गरेको प्रहरीको भनाइ रहेको छ । काठमाडौंमा उपचार गराइरहेका आचार्यलाई आजै बिहान काठमाडौंबाट पक्राउ गरेर विराटनगर लगिएको जनाइएको छ । प्रहरीले आचार्य श्रीनिवाससँगै उनलाई गोली हान्ने चौधरीलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।