Main news

राष्ट्रियसभा नियमावली पारित

10/06/2018

राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन पारित गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको राष्ट्रिय सभाको बैठकले नियमावली सर्वसम्मतिले पारित गरेको हो । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गर्नुभएको थियो ।  बैठकमा दीनानाथ शर्मा, सुरेन्द्रराज पाण्डे, बृशेषचन्द्र लाल, प्रमिला कुमारी र डा विमला राई पौडेलले नियमावली एकताको सन्देशको भावसहित आएको बताउनुभएको थियो ।  राष्ट्रिय सभाको अर्को बैठक असार ३ गते ११ बजे बस्नेछ ।