00:00:00
राष्ट्रिय

नारायणघाट-मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो

नवलपरासी खण्ड पनि एकतर्फी सञ्चालन
शनिबार भदौ १२, २०७८/ Saturday 08-28-21

काठमाण्डाै- २०७८ भदौ १२ 

      गएराति सडक भासिएपछि एकतर्फी मात्र सञ्चालन भएको नारायणघाट मुग्लिन सडक खण्ड अहिले दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।१७ किलोमा गएराति सडक भासिएपछि एकतर्फी मात्र सञ्चालनमा आएको थियो।  

१७ किलो आसपासको क्षेत्रमा लगातार पानी परेर सडक भासिएपछि सडकमाथिबाट डाइभर्सन बनाएर एकतर्फी मात्रै गाडी आवतजावत गर्दा जाम भएको थियो । अहिले भने गाडीहरु गन्तव्यतर्फ लाग्न थालेकाले जाम कम भएको छ ।

त्यसैगरी पूर्व-पश्चिम राजमार्गको पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो र बर्दघाटमा नदीले कटान गरेका कारण बन्द सडक भने एकतर्फी खुलेको छ । कटान गरेको ठाउँमाथिबाट बाटो बनाएपछि अहिले एकतर्फी रुपमा गाडी सञ्चालनमा आएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

तपाईको प्रतिक्रिया