00:00:00
स्थानिय

ऐतिहासिक भगवती जात्रा क्षमापूजा गरी मनाइँदै

कोरोना जोखिमको कारण मन्दिर परिसरमै विजयउत्सव मनाईदै
मंगलबार भदौ १५, २०७८/ Tuesday 08-31-21

 कृष्ण पोखरेल,पाल्पा
२०७८ भदौ १५ 

 
    नेपालको विरता, राष्ट्रियता र देशभक्ति संग जोडिएको दुई सय तीन औ पाल्पाको ऐतिहासिक भगवतीजात्रा मन्दिर परिसरमै भित्रै मनाईने भएको छ  । कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गरी भगवती मन्दिर गुठी व्यबस्थापन समितीले परम्परा ईतिहास नटुटोस भनी मंगलवार आज मन्दिर परिसरमै विजयउत्सव भगवतीजात्रा निकालिने छ । राष्ट्रियत महत्वको ऐतिहासिक भगवतीजात्राको दिन  लुम्विनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा घोषणा दिएको छ ।

     वि:स: १८७१ देखी १८७२ सम्मको अंग्रेज संगको युद्धमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झना स्वरुप वि.स. १८७६ देखी यो विजयउत्सव मनाउन थालिएको हो । तत्कालीन कर्णेल उजिरसिंह थापाको कमाण्डमा रहेका नेपाली सेनाले  जितगढी नुवाकोट युद्धमा विजय प्राप्त गरेको थियो ।  लडाईमा जानु अघि कर्णेल सिंहले युद्ध जितेमा भव्यताका साथ भगवतीको सिंजुरजात्रा गर्ने भाकल अनुसार प्रत्येक भाद्र कृष्णपक्षको नवमी दिन विजयउत्सव मनाउने परम्परा रहदै आएको हो मन्दिर व्यवस्थापन समितीका अध्यक्ष राजेश्वर उदयले बताउनुभयो । ऐतिहासिक परम्परालाई जोगाउन मन्दिर व्यबस्थापन समितीका पदाधिकारी, मुल पुजारी, नेपाली सेनाका गणपती, प्रमुख जिल्ला अधिकारीको सहित सिमित व्यक्तिको सहभागितामा मन्दिर वरीपरी मुर्ति घुमाईने समितीका सचिव भिमसेन कार्कीले जानकारी दिनुभयो। 

    कोभिड १९ अगाडी विजयउत्सवको रुपमा भगवतीको रथ लाई तानसेन नगरपालिका भित्र परिक्रमा गराई विर्सजन गर्ने परम्परा रहदै आएको थियो । नागरिक समाज, धार्मिक तथा सास्कृतिक संघ संस्थाले सावधानी अपनाएर नेपाली सेनाको प्रयोग गरी मन्दिर वरीपरी भएपनि रथ घुमाउनु पर्ने माग गरेका छन । सर्बसाधारणको आस्थामा आच नआयोस, परम्परा संस्कृती पनि जोगियोस भनी,प्रशासन सुरक्षानिकायको सरसल्लाहमा विजयउत्सव लाई मन्दिर परिसमा सिमित गरिएको मन्दिर व्यबस्थापन समितीले जनाएको छ । गत बर्ष पनि कोभिड १९ सक्रमको कारण  रथजात्रा नगरी भगवतीको  मुर्ति मात्र मन्दिर वरीपरी घुमाईएको थियो । पाल्पालीहरुले भगवतीजात्रा लाई ठुलो उत्सवको रुपमा मनाउदै आएका छन । भगवती जात्रा राष्ट्रियता संग गासिएको पर्व भएकोले स्थानीय हुदै प्रदेश सरकारले मान्यता दिएपनि  संघिय सरकारले अझैपनि वेवास्ता गरिरहेको संस्कृतीकर्मी राजेन्द्र गोपाल सिंहले भन्नुभयो । आज भन्दा दुईसय बष अघि वेलायती अग्रेज सेना लाई लडाईमा पराजित गर्नु एतिहासिक काम भएकोले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने सिंहले बताउनुभयो । 

तपाईको प्रतिक्रिया