00:00:00
शिक्षा

विद्यालय खोल्न हतार नगर्न अभिभावक महासङ्घको आग्रह

बुधबार भदौ २३, २०७८/ Wednesday 09-08-21

काठमाण्डाै – २०७८ भदौ २३ 

         राष्ट्रिय अभिभावक महासङ्घले जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ । शहरी क्षेत्रमा जोखिम कायम रहेको बताउदै  महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले महत्वपूर्ण चाडपर्व आउन लागेको,सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुनेमा जोड दिनुभएको हाे ।

भौतिकरूपमा विद्यालय बन्द हुँदा पनि प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिँदै आएको र केही समय यसैगरी पठनपाठन गर्न सकिने उहाँको भनाइ छ । असोज १ गतेदेखि काठमाण्डौ उपत्यका लगाएतका अरु जिल्लामा विद्यालय खोल्न सक्ने गरी तयारी भैरहेको छ । 

         काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउन अन्तर्गत विद्यालयलगायतका क्षेत्र खोल्न सकिने निर्णय भइसकेकामा सम्बन्धित पालिकाले त्यसको ढाँचाबारे आवश्यक परामर्श गरी कार्ययोजना पेश गर्न भनिएको जानकारी दिनुभयो । उहाँले जोखिम भएका ठाउँमा विद्यालय खोल्न अनिवार्य नरहेको पनि स्पस्ट पार्नुभएको छ ।

तपाईको प्रतिक्रिया