00:00:00
स्थानिय

गौतमबुद्ध विमानस्थलमा राखिने साढे २ अर्बको बुद्धमूर्ति कोलकाता आइपुग्यो

शनिबार असोज १६, २०७८/ Saturday 10-02-21

रुपन्देही - बुटवल 
२०७८ असोज १६ 

          गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा राखिने करिब साढे २ अर्ब मुल्य बराबरको बुद्धमूर्ति कोलकाता आइपुगेको छ। लुम्बिनी गार्डेन फाउण्डेशनको सहयोगमा कोलकाताबाट नेपाल ल्याएर उक्त बुद्धमूर्तिको यहि कार्तिक १४ गते राष्ट्रपति बिद्यादेवी भण्डारीबाट अनावरण गरिने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ । ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति गौतमबुद्ध विमानस्थलमा राखिनेछ ।

म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन गु्रपद्वारा स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनलाई दिएको बुद्धमूर्ति हो। एक हजार आठ सय केजी तौल भएको उक्त बुद्धमूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहल तथा नेपाल सरकारको स्वीकृतिमा राखिने भएको हो

    लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्व रुपैयाँ खर्च गर्दै सो नगरमा गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि सारेको छ। राष्ट्रपतिसँगको भेटवार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसद सूर्य पाठक,फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा,उपाध्यक्ष गोविन्द सुबेदीलगायतको उपस्थिति रहेको थियो।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी लगाएतको टोलीले स्पेनको एक कार्यक्रममा भाग लिन गएका बेला मूर्ति राख्ने विषय औपचारिक रूपमा अघि बढेको थियो । लुम्बिनी गार्डेन फाउण्डेशनकै सहयोगमा लुम्बिनीमा  अस्पताल निर्माणको तयारी थालिएको छ ।

तपाईको प्रतिक्रिया