00:00:00
स्थानिय

भिरबाट लडेर संसारबाटै विदा भए मनु र ज्ञानु

शनिबार पौष ३, २०७८/ Saturday 12-18-21

गुल्मी २०७८ पौष ३

       गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर-१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियार नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताउनुभएको छ ।

 मुसिकोट नगरपालीका वडानम्बर-१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर उनीहरुले घाइते भएका थिए । स्थानीयले घाइते अवस्थामा रहेको भन्ने खबर प्रहरी चौकीमा जानकारी गराउना साथ प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा ३ जनाको टोली खटिएका थिए ।

  उनीहरुले झोला पनि बाटैमा राखेका छन् । छोरा पनि माथी नै छ ,दुई जना मध्ये एक जना खसेपछि बचाउन खोज्दा अर्को पनि खसेको अनुमान गरीएको छ । उनीहररुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो तर उपचारको क्रममा उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक २ जनाको शव गुल्मी अस्पतालमा राखिएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया