वसन्त पञ्चमी तथा सरस्वती पुजा आज देशभरी मनाइदैछ । आजको दिन साना साना बालबालिकाहरुलाई अक्षर चिनाउनेदेखि लिएर कुनै नयाँ कामको थालनीका लागि समेत राम्रो साइतमानीने संस्कृत विद्यापिठ मणिग्रामका संस्थापक तथा गृवाण संस्कृत विद्यालयका अध्यापक बासु गौतमले बताउनुभयो । पञ्चांगका अनुसार बसन्त पञ्चमी माघ महिनाको पञ्चमी तिथिमा मनाइन्छ । हिन्दू मान्यताका अनुसार यसै दिन देवी सरस्वतीको जन्म भएको थियो त्यसैले यो दिनलाई देवी सरस्वतीको जन्मदिनका रुपमा पनि मनाउने चलन छ गौतमले भन्नुभयो । विद्याकि अधिष्ठात्री देवी सरस्वती पौराणिक अनुसार बह्रमा ले मनुस्यको सृष्टि गरीसकेपछि मनुस्यलाई पंचकर्मेन्द्रिय र पंच ज्ञानेन्द्रिय दिईसकेपछि खान ल हेर्न सक्ने भए तर सहि ब्यावहार गर्न मनुस्यको बाणिमा सरस्वती राख्दिने हो भने मनुस्यले परस्पर ब्यावहार गर्न सक्छन् भनेर सरस्वतीको उत्पत्ति भएको किम्वदन्ति रहेको उहांले बताउनुभयो ।
।स्वस्थ्यको दृष्टिकोणले पनि यो ऋतु निकै अनुकुल मानिन्छ । मानिसका साथसाथै पशुपंक्षीहरुमा नयाँ चेतनाको सञ्चार हुन्छ । बसन्तलाई प्रेमको देवता कामदेवको मित्र मानिन्छ । यस ऋतुलाई काम बाणका लागि अनुकुल मानिन्छ । यो दिन पवित्र नदीहरुमा स्नानको विशेष महत्व हुन्छ ।
बसन्त पञ्चमीको दिन केही मानिसहरु कामदेवको पनि पूजा गर्छन् । पहिले(पहिले राजा हात्तीमा चढेर नगरको भ्रमण गर्दै देवालय पुगेर कामदेवको पुजा गर्थे । पौराणिक मान्यताअनुसार बसन्त कामदेवको मित्र हो । त्यसैले कामदेवको धनुष फुलले बनेको हुन्छ ।
जब कामदेवले तीर छोड्छन्, यसमा कुनै आवाज आउँदैन । त्यसैले आजको दिनलाई फुल तथा प्रेम र प्रकृतिसँग जोडेर पनि हेरिन्छ । यस दिन रतिको पनि पूजा हुन्छ ।
तपाईको प्रतिक्रिया