जेठ १८, काठमाडौं
भारतीय चर्चित गायक कृष्णकुमार कुनाथ केकेको निधन भएको छ।
कोलकाताको एक कन्सर्टमा गीत गाउँदा गाउँदै मञ्चमै ढलेका केकेको निधन हृदयघातबाट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ५३ वर्षीय केके मञ्चमै ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरुले उहाँको निधन भएको घोषणा गरेका थिए।
उहाँको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गर्नुभएको छ । उहाँले २ सय भन्दाबढी हिन्दी गीत गाउनुभएको छ ।
तपाईको प्रतिक्रिया