आज २८ औं विश्व आदिवासी दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै
साउन २४, रुपन्देही
पवित्रा चौधरी
२८ औं विश्व आदिवासी दिवस आज, नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अगस्ट महिनाको ९ तारिखमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको छ ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा विश्व आदिवासी दिवस मनाउँदै छन् ।
यस वर्षको नारा æआदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिकाÆ तय गरिएको छ । दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम भईरहेका छन् । यस क्षेत्रमा आज आदिवासी जनजाती महासंघ जील्ला समन्वय समिति रुपन्देहीले विभिन्न कार्यक्रमको आयोजना गरेको छ भने आदिवासी जनजाती महासंघ तिलोत्तमा नगर समन्वय समितिले वडा नं ६ कुञ्जलापुरको आफ्नै भवनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष आशा गुरुङ्गले जानकारी दिनुभयो ।
‘आदि’ भनेको धेरै पुरानो अथवा ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ । कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोबास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका, आफ्नै विशिष्ट कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ ।
मानव सभ्यताको विकाससँगै बसाई–सराइको क्रम शुरु भएपछि आप्रवासीहरुको घनत्व बढ्न गई उनीहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीरिवाजमा कमी आउन थालेको छ ।
तपाईको प्रतिक्रिया