00:00:00
स्थानिय

पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता

शनिबार असोज २२, २०७९/ Saturday 10-08-22

असोज २२, पाल्पा
पाल्पाको निस्दी गाउँपालिका–१, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर खोलाले बगाएर बेपत्ता भएका छन् । निस्दी गाउँपालिका–२, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई मगर बेपत्ता भएको प्रहरीले जनाएको छ । 
ससुरालीबाट फर्कने क्रममा रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१ को सिमाना साखर्दी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका भएको प्रहरीले जनाएको छ ।

उनीसँगै गएका चन्द्रबहादुर आले र नेश्नल रानाले भने खोला तरेका थिए । खोजीका लागि प्रहरी र स्थानयले प्रयास गरे पनि शनिबार बिहानसम्म बेपत्ताको अवस्था थाहा नभएको र खोजी प्रयास जारी रहेको र स्थानीयलाई समेत खबर गरेर खोजी गर्न आग्रह गरेको प्रहरीले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका–१, काशीवनमा खसेको पहिरोका कारण समस्या भएका केलादी प्रहरी चौकीले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया