00:00:00
राष्ट्रिय

नेपाल नगरपालिका संघद्वारा प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेलाई सम्मान 

मंगलबार पौष ५, २०७९/ Tuesday 12-20-22

पुष ५, तिलोत्तमा
नेपाल नगरपालिका संघले आठौं राष्ट्रिय अधिवेशनको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा नगर प्रमुख भएपछि प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएकोमा सांसद बासुदेव घिमिरेलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

रुपन्देही क्षेत्र नं. ५ बाट संघीय सांसद पदमा विजयी हुनुभएका घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाको निवर्तमान नगर प्रमुख हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मानपत्र प्रदान गर्नुभयो ।

नयाँ नगरपालिका भए पनि घिमिरेको कार्यकालमा तिलोत्तमा लगातार दुई पटक मुलुककैं उत्कृष्ट नगरपालिका भएको थियो । तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने मुलुककैं पहिलो नगरपालिका समेत हो ।
 

तपाईको प्रतिक्रिया