00:00:00
स्थानिय

महिला सशक्तिकरणका लागि नेतृत्वविकास तथा उद्घोषण तालिम

शनिबार माघ २१, २०७९/ Saturday 02-04-23

रुपन्देही-तिलोत्तमा २०७९ माघ २०

   तिलोत्तमा वडा नं. ५ मणिग्राम, क्षेत्रका महिलाहरुको क्षमता विकासकोलागि नेतृत्व विकास तथा उद्घोषण तालिम शुक्रबार देखी शुरू भएको छ । तिलोत्तमा नगरपालिका वडा न. ५ को आयोजनामा शुक्रबारबाट शुरु भएको तालिमको उद्घाटनगर्दै वडाअध्यक्ष रमेश डुम्रेले तालिममा सिकेका कुरा ब्यवहारमा उतार्न सहभागी महिलादिदीबहिनीहरूलाई आग्रह गर्नुभयो ।

डुम्रेले महिलाहरुले आफ्नो टोल तथा छिमेकमा देखिएका समस्याको खबरदारी गर्न तथा योजना मागगर्नका लागि पनि बोल्न सक्ने क्षमताको विकाश होस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएकोबताउनुभयो ।

सोही अवसरमा बोल्दै अतिथि एवं प्रमुख प्रशिक्षक लिलाधर पाण्डेले, महिला सशक्तिकरणका लागिस्वयमलाई समय दिन र पितृसतात्मक सोच त्याग्न महिला दिदीबहिनीहरूलाई आग्रह गर्नुभयो ।उद्घघाटन सत्रमा तिलोत्तमा ५ का अध्यक्ष रमेश डुम्रेको अध्यक्षता एवं वडा सदस्यहरू हरि पन्थ, हिरागिरी डायमण्ड, प्रमिला सुनार, धर्मादेवि न्यौपाने, तिलोत्तमा-५ आधारभूत  स्वास्थ्य चौकीका ईन्चान्जगणेश प्र भण्डारी लगायतको आतिथ्य रहेको कार्यक्रममा प्रशिक्षकद्घय लिलाधर पाण्डे र प्रकाशपाण्डेको प्रशिक्षण रहनेछ ।

तालिममा बोल्ने कला अर्थात वाक कला, नेतृत्व विकाश लगायतकाविषयहरुमा प्रशिक्षण दिईने छ । वडा सचिव तुलसा खनालको सन्चालन एवं वडा वाल मैत्री  सहजकर्ता संझना खनालको स्वागत रहेको थियो । तालिममा ८ वटा टोल विकाशसंस्थाका आमा समुहका सदस्यहरूहरूको उपस्थिति रहेको छ भने तालिम माघ २५ अर्थात ६ दिनसम्मचल्ने छ ।

 

तपाईको प्रतिक्रिया