00:00:00
खेलकुद

त्रिदेशीय क्रिकेट श्रृंखलामा आज नेपाल र युएई खेल्ने

बिहीबार फाल्गुण १८, २०७९/ Thursday 03-02-23

फागुन १८, काठमाण्डौ 
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।

नेपालले अर्को खेलमा भोलि पीएनजी र आइतवार युएईसँग खेल्नेछ । अङ्क तालिकामा युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अङ्कका साथ पाँचौं स्थानमा छ ।

नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी ७ मध्ये ६ खेल तथा शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउन अब चार खेल जित्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया