00:00:00
स्थानिय

टिप्परको ठक्करबाट  पैदलयात्रुको मृत्यु

आइतबार चैत ५, २०७९/ Sunday 03-19-23

पाल्पा २०७९ चैत्र ५  

      पाल्पामा टिप्परको ठक्कर बाट सडकमा हिडिरहेका पैदलयात्रीको मृत्यु भएको छ । आईतवार करीव सवा १२ बजे दिउसो रैनादेवी छहरा गाउँपालिका वडा नंं १ सिद्धेश्वरबाट चुनढुङ्गा बोकी बुटवल तर्फ आउँदै गरेको लु २ ख २४४६ नम्वरको टिप्परले रिव्दीकोट गाउँपालिका वडा नंं २ मसारमा बाटोमा हिडिरहेका पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट सोही स्थानका ६९ वर्षीय होम बहादुर लामटाङ्गेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो । टिप्पर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया