मौलिक हकका रूपमा लिएको खानेपानी सबैको पहुँचमा पुग्न नसकेकोमा उपभोक्ताको चिन्ता
तिलोत्तमा,९ चैत ।
बिन्दु भट्टराई । खानेपानी विधेयकले जनताका मौलिक हक अधिकारलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने भनेपनि खानेपानीका क्षेत्रमा सवैको पहुंच पुग्न नसकेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । खानेपानीका लागि अहिलेसम्मको विनियोजित वजेटले समेट्न नसकेको उनीहरुले बताएका हुन् ।
३१ औं विश्व पानी दिवसको खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख अथिती खानेपानी ग्रामिण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव जकि अहमद अन्सारीले स्वच्छ पृथ्वी भावी सन्ततिलाई हस्तान्तरण गर्नुपर्ने समय आएको बताउनुभयो । उहाले विश्वव्यापी तापमानमा वृद्वि र जलवायु परिवर्तन जस्ता विषय सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको बताउँदै त्यसप्रति सचेत बन्न जरुरी रहेको औंल्याउनुभयो । विश्वमा वर्षको ६ करोड ब्यक्तिको दुषित पानीको कारणबाट मृत्यु हुने गरेको छ ।
त्यस्तै सडक मर्मतका क्रममा अधिकांश खानेपानीका पाईप काटिएका कारण पनि पछिल्लो समय आम उपभोक्ताले सास्ती भोग्न परेको विषय साझा समस्याको रुपमा रहेको बक्ताहरुको गुनासो संवोधन गर्दै खानेपानी सरसफाइ डिभिजन कार्यालय रुपन्देहिका प्रमुख गुणनिधी पोख्रेलले उपभोक्ताका पाइपलाईनका समस्याका बिषयमा बारेमा बोल्दै सम्बन्धित पालिकाहरुले समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला डिभिजन कार्यालयले समस्या समाधानका लागि सहजिकरण गर्ने बताउनुभयो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ रुपन्देहीको संयोजनमा मणिग्राम ८(४)नम्बरमा सम्पन्न कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल रुपन्देहीका अध्यक्ष ध्रुवकुमार धितालले पालिकास्तरबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । उहांले उपभोक्तालाई स्वच्छ पानी पुर्याउन उपभोक्ता महासंघ प्रतिवद्ध रहेको समेत बताउनुभयो ।
यसैगरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका महासचिव साबित्रा रेग्मीले स्थानीय सरकारले ऐन निर्माण गरी काम गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या हुने गरेको बताउनुभयो । उहाँले राज्यले पिउने पानी निशुल्क गर्ने भनिरहे पनि खानेपानीमा बिपन्न बर्गको पहुंच पुग्न नसक्नु दुखद कुरा भएको बताउनुभयो । ‘व्यक्तिको पहुँचका भरमा हाम्रा खानेपानीका आयोजनाहरु तयार भए । तर जनताको आवश्यकताका बारेमा कसैले ध्यान दिएको पाइएन, उहांले थप जोड दिंदै भन्नुभयो । खानेपानी तथा सरसफाइ उपभोक्ता
महासंघ नेपाल रुपन्देहीका अध्यक्ष ध्रुवकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा,खानेपानी महासंघ लुम्बिनी प्रदेश महासचिव शालिकराम भण्डारी १६ ३६ सिंचाई खानेपानी तथा करहैया खानेपानीका अध्यक्ष यज्ञ गैरे , ३६ मौजाका अध्यक्ष कृष्ण प्रसाद पौडेल ,तिलोत्तमा नगर कार्यपालिका सदस्य गणेश लगायत कार्यक्रममा उपस्थित खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधिहरुले स्थानीय तह र उपभोक्ता संस्थाहरुबीच खानेपानी आयोजनाका विषयमा विवाद बढ्दै गईरहेकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले खानेपानीमा सिंचाई जस्तै विद्युत महसुलमा आधा छुट दिनुपर्ने माग राखेका थिए । उक्त कार्यक्रमको संचालन खानेपानि महासंघ रुपन्देहीका कार्यसमिती सदस्य कृष्ण कंडेलले गर्नुभएको हो ।
तपाईको प्रतिक्रिया