00:00:00
राष्ट्रिय

आजदेखी लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन सुरु हुँदै

बिहीबार चैत १६, २०७९/ Thursday 03-30-23

चैत १६, रुपन्देही
  राष्ट्रिय मिडिया सम्मेलन आजदेखी लुम्बिनीमा सुरु हुँदैछ । नेपाल पत्रकार महासंघले आफ्नो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा आज र भोली २ दिने मिडिया सम्मेलन गर्न लागेको हो । सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र रिसर्चरहरू सहित देशभरबाट २५० जना सहभागी हुनेछन् ।

सम्मेलनको आज सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । स्थापना दिवसका अवसरमा आज पश्चिम नवलपरासीमा प्रभातफेरि गर्ने कार्यक्रम रहेको छ भने परासीमै महासंघको ८औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत राखिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

हिजो बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मेलनमा सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानूनहरूका विषयमा बृहत् बहस र छलफल गरिने बताउनुभयो । 
 

तपाईको प्रतिक्रिया