तिलोत्तमा नगरलाई लैंगिकमैत्री पालिका बनाउन प्रारम्भिक चरण सुरु
तिलोत्तमा,२८ चैत
बिन्दु भट्टराई
तिलोत्तमा नगरपालिकाको आयोजना र तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्बिनीको समन्वयमा लैंगिकमैत्री नगरपालिका निर्माणका लागि सुचक निर्धारण कार्याशाला गोष्ठी प्रारम्भिक चरण सुरु भएको छ ।
कार्यक्रममा सरोकारवाला संघ संस्था कति लैंगिकमैत्री छ्न् ? लैंगिकमैत्री समाज निर्माणका लागि स्थानीय तह र संचारमाध्यमको भुमिकाका बिषयमा छलफल गरिएको छ ।
नगरपालिकालाई लैंगिकमैत्री नगरपालिका बनाउने कार्यक्रम अन्तरगत कार्यक्रम सुरु गरिएको तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्विनीका कार्यकारी प्रमुख मिनाक्षी न्यौपानेले बताउनुभयो ।
तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्बिनीका अध्यक्ष दुर्गा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जागेश्वरदेवी चौधरीले प्रदेश र संघिय तहबाट सुचक नबन्दा पालिकालाई अगाडि बढ्न असहज भएको बताउनुभयो । उहांले प्रारम्भिक चरण सुरु भएकोले अब यसलाई निरन्तरता दिदै जाने र लैंगिकमैत्री नगर बनाउन यी कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । प्रारम्भिक चरणमा लैंगिकमैत्री नगरपालिका घोषणाका लागि कार्यनिती,कार्ययोजना सरोकारवालाका विचार,विज्ञका सल्लाह सुझाव संकलन गर्न लागिएको जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रमको सहजीकरण गर्दै सिन नेपालका अध्यक्ष प्रतिमा शर्माले परिवर्तनको लागि हरेक ब्यक्ति जिम्मेवार बन्नुुपर्ने खांचो औंल्याउनुभयो ।
कार्यक्रममा,सामाजिक अभियान्ता रिमा बिसि ,अधिकारकर्मी तथा रेडियो लुम्विनी तथा तिलोत्तमा टेलिभिजनका संचालक समिति सदस्य देवि वाग्ले , पत्रकार बिपि गौतम, अनन्त शिलवाल,इन्दिरा अर्याल,सावित्रा घिमिरे,धना चौधरी , जीवन पाडे र कमला पाण्डे लगायतले स्थानीय तहहरुमध्ये उत्कृष्ट नगरपालिका भनिरहदा लैंगिक मैत्री नगरको सवालमा पनि त्यतिकै ध्यान पुर्याउनुपर्ने सुझाव दिनुभयो ।
तपाईको प्रतिक्रिया