अर्घाखाँचीको जलुकेमा आगलागि, स्थानीयको घर गोठमासमेत क्षती
बैशाख ४ अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा ७ जलुके वडा कार्यालय नजिकै राष्ट्रिय जङ्गलमा अहिले भिषण आगो लागि भइरहेको छ । राष्ट्रिय जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर जाँदा वस्ती जोखिममा परेको वडा अध्यक्ष देविराम घिमिरेले जानकारी दिनुभयो ।
जङ्गलबाट आगो वस्ती नजिकै पुगेपछि स्थानिय बासिन्दा र जलुके प्रहरी चौकीका प्रहरी टोली आगो नियन्त्रणमा निरन्तर जुटेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगोले एउटा गोठ, एउटा बाख्राको खोर जल्नुका साथै जलुकेका करिव १२० घरधुरीले पिउने लिप्टिङ खानेपानीमा समेत क्षति पुर्याएको छ ।
आगोबाट खानेपानीको सौर्यउर्जा सोलार पाता जोगाउन सफल भएपनि तारमा क्षति पुर्याएपछी खानेपानी अवरुद्ध हुनसक्ने स्थानीयको भनाई छ । जङ्गलबाट आएको आगो वस्ती वरीपरि आउँदा दिउँसो ३ बजेदेखि करिव ७० जना स्थानिय बासीन्दा र प्रहरीद्वारा वस्ती जोगाउने प्रयास भैरहेको र अहिले केही ठाउँमा आगो नियन्त्रणमा आएको जलुके प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया