क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जेको लुम्बिनी प्रदेश समिति गठन
तिलोत्तमा,१७ बैशाख
क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जेको लुम्बिनी प्रदेश समिति गठन भएको छ । शनिवार बुटवलमा आयोजित भेलामा प्रदेश समिति गठन गरिएको हो । डब्लु डब्लु जे रुपन्देहीको आतिथ्यता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले दाङका लिला शाहको अध्यक्षतामा ९ सदस्यीय नयां कार्यसमिती गठन गरेको हो । जसको उपाध्यक्षमा भगवती पाण्डे, महासचिवमा गंगा खड्का, कोषाध्यक्षमा सावित्री गिरी रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा कल्पना तिवारी, रोशनी मल्ल, गिता पौडेल, मालती न्यौपाने र सृजना भट्टराई रहनुभएको छ । सोहि भेलाले डब्लु डब्लुजे रुपन्देहीले स्थापना गरेको संघर्षशिल पत्रकार महिला सम्मानबाट नेपाल पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष ईन्दिरा खनाललाई सम्मान गरेको छ । खनाललाई सम्मान गर्दै प्रमुख अतिथि उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्यालले पत्रकारीता क्षेत्रमा पत्रकार महिलाको अवस्था चित्त बुझ्दो नभएको र पहुँच विस्तार गर्न महिला पत्रकार सकृय रुपमा लाग्नुपर्ने बताउनुभयो ।
डब्लु डब्लुजे रुपन्देहीका अध्यक्ष कल्पना तिवारीको अध्यक्षता, संस्थापक अध्यक्ष भगवती पाण्डेको स्वागत तथा सचिव विन्दु भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ लुम्विनी प्रदेशका महासचिव बिक्रम खड्का, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, एलाईन्स फर कम्युनिटी मिडियाका अध्यक्ष दिनेश पाण्डे, दाङका सल्लाहकार लिला शाह, प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुषाल, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष विनोद परियार, संचारिका समुह लुम्विनी प्रदेशका सचिव माया केसी, रुपन्देहीका उपाध्यक्ष मिना ढकाल, सम्मानित पत्रकार ईन्दिरा खनाल लगायतले पत्रकारीता चुनौतीको पेशा बनेको भन्दै पत्रकारीतामा देखिएको विकृतिलाई चिर्न पत्रकारहरु नै लाग्नुपर्ने बताउनुभयो ।
वक्ताहरुले पत्रकार महिलाहरुको संख्या मात्र नभई गुणात्मक वृद्धिका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया