00:00:00
राष्ट्रिय

आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना 

बिहीबार बैशाख २१, २०८०/ Thursday 05-04-23

बैशाख २१, काठमाडौं
   आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेकाले आज कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक पानी पर्ने सम्भावना छ । भोलिदेखि पानी पर्ने क्रम कम भएपनि पूर्ण रुपमा मौसम खुल्न भने अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया