00:00:00
स्थानिय

गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन उडान हुने

बुधबार बैशाख २७, २०८०/ Wednesday 05-10-23

वैशाख २७, गुल्मी । 
     गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले हप्ताको २ दिन उडान गर्ने भएको छ । रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्नेबारे गत फागुनमा गरेको सम्झौताअनुसार नागरिक उड्डयन प्राधिकरणले रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान गर्न निगमलाई अनुमति दिएको हो ।

रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार रुपैयाँ लाग्नेछ । काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

काठमाडौंबाट ५० मिनेटको दुरी रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएपछि गुल्मीसंगै जोडिएका अन्य जिल्लाहरु अर्घाखाँची, प्यूठान, बाग्लुग, पाल्पा र स्याङजाका नागरिक लाभान्वित हुनेछन् । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० सिमीचौरमा पर्दछ ।  

तपाईको प्रतिक्रिया